- Este event ha pasado.
IDAHOBIT 2026 Commemoration
17 Mayo • 08:00 +0545
Mitini Nepal organised a special IDAHOBIT 2026 event in Kathmandu on 17 May under the theme ‘At the Heart of Democracy’. The event included the launch of a photo book ‘A Visual Journey of Courage, Identity and Community’, a fact sheet on the legal identity and safety of transmasculine individuals in Nepal, and an awards ceremony honouring model LGBTIQ+ families and couples, with the Minister of Women, Children, Gender and Sexual Minorities and Social Security as chief guest.
आज मिति २०८३ ज्येष्ठ ३ गते तदानुसार मे १७, २०२६ मा मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२६, “लोकतन्त्रको केन्द्रमा” भन्ने विश्वव्यापी नाराका साथ विशेष कार्यक्रम बाग्मती प्रदेशको काठमाडौंमा सम्पन्न भएको छ । सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सुचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिन मनाईन्छ । यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हर्षोल्लासका साथ मनाउने गर्दछन् । कार्यक्रममा बोल्दै प्रमुख अथिति माननीय मन्त्री, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय सीता वादीले होमोफोबीया डे को सम्पूर्णमा शुभकामना व्यक्त गर्दै यस दिवसको अवसर पारेर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जीवन, अनुभव, संघर्ष, पहिचान, इतिहास, गर्व, दृश्यता, प्रतिरोध र भविष्यका आशाहरुलाई तस्बिरमार्फत प्रस्तुत गर्ने चित्रात्मक पुस्तक “साहस, पहिचान र समुदायको दृश्य अभिव्यक्ति “A visual journey of courage, identity and community” र नेपालमा ट्रान्समास्कुलिन व्यक्तिहरूको कानुनी पहिचान, पारिवारिक स्वीकृति र सुरक्षाको अवस्था सम्बन्धित तथ्यपत्र सार्वजनिक भएकोमा बधाई एवं शुभकामना दिनुभयो । यसका साथै आदर्श परिवार बागमती प्रदेश हेटौडाका ट्रान्सजेन्डर पुरुष ललित घलान र उहाँको आमा सोममाया घलान र लामो समयदेखि सँगै बसिरहनु भएका आदर्श समुदायका जोडी सुदूरपश्चिम प्रदेश धनगढीका युविक भण्डारी र उहाँको पार्टनर ममता ठकुरीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभयो।
Detalles
- Fecha:
- 17 Mayo
- Hora:
-
08:00 – 17:00 +0545
- Categorías del Event:
- Community gathering • Policy or research • Art or creative expression
- MORE INFORMATION
Organiser
- Mitini Nepal
Location
- Nombre del lugar
- Kathmandu
- Dirección
- Nepal + Google Map